Section 32
आरक्षण सम्बन्धी व्यवस्था
: (१) प्रतिष्ठानले प्रत्येक शैक्षिक सत्रमा स्नातकसम्मका विभिन्न तहमा विद्यार्थी भर्ना गर्दा पिछडिएको क्षेत्रमा स्थायी बसोवास गरी सो क्षेत्रका सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा वा सो सरह उत्तीर्ण गरेका नेपाली विद्यार्थीलाई पैंतालीस प्रतिशत स्थानको लागि आरक्षणको व्यवस्था गर्नु पर्नेछ ।
(२) प्रतिष्ठानले पिछडिएको क्षेत्रमा स्थायी बसोबास गरी सो क्षेत्रका सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी सो क्षेत्रको उच्च माध्यमिक विद्यालय वा सो सरहको शैक्षिक संस्थाबाट उच्च शिक्षा प्राप्त गरेका नेपाली विद्यार्थीलाई स्नातकोत्तर तहमा भर्ना गर्न तोकिए बम
(३) उपदफा (१) र (२) बमोजिम आरक्षण गरिएका स्थानमा पिछडिएको क्षेत्रका महिला, दलित, आदिवासी÷जनजाति, मधेशी तथा पिछडिएका वर्गका विद्यार्थीलाई प्रथमिकता दिइनेछ ।
(४) उपदफा (१) बमोजिम आरक्षण गर्दा प्रतिस्पर्धाद्वारा विद्यार्थी छनौट गरिनेछ ।